हङकङतर्फ सोझियो बलियो आँधी, सोमबार साँझ टी३ संकेत जारी हुने

हङकङतर्फ सोझियो बलियो आँधी, सोमबार साँझ टी३ संकेत जारी हुने

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १३:४७, हङकङ

बलियो आँधी फेङसेन हङकङतर्फ सोझिएको अब्जर्भेटरीले जनाएको छ। यसका लागि सोमबार साँझ सिधै टाइफुन संकेत नं. ३ जारी गर्ने तयारी अब्जर्भेटरीको छ।

‘फेङसेन सोमबार ग्वाङदोङको तट नजिक आइपुगेपछि अब्जर्भेटरीले साँझतिर सिधै बलियो हावा संकेत, नम्बर ३ जारी गर्नेतर्फ विचार गर्नेछ,’ सूचनामा भनिएको छ।

आँधीको प्रभावका कारण लगातार हावा चल्ने, मङ्‌गलबार र बुधबार बढी वर्षा हुनेतर्फ पनि अब्जर्भेटरीले औँल्याएको छ।

आँधी फेङसेन मङ्‌गलबार बिहान हङकङबाट झन्डै ४०० किलोमिटरको दूरीमा रहने अनुमान समेत अब्जर्भेटरीको छ। यसपछि यो कमजोर हुँदै भियतनामतिर सर्नेछ।

मङ्‌गलबार फेङसेनको केन्द्र वरिपरि हावाको गति १२० किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .