मकाउको एरिया प्रेटामा रहेको एक रेस्टुरेन्टभित्र कार छिर्दा ६ जना घाइते भएका छन्। शनिबार दिउँसो २ बजेतिर काउसिकको क्वाङ वा बिल्डिङको भुइँ तल्लामा रहेको रेस्टुरेन्टमा ल्याम्बोर्गिनी कार ठोकिन पुगेको हो।
पार्किङ क्षेत्रबाट तीव्र गतिमा रेस्टुरेन्टभित्र छिरेको कारले तीन ग्राहक र दुई कर्मचारीलाई ठक्कर दिएको छ। घाइते हुने छैटौँ व्यक्ति चालक हुन्।
सामान्य चोट लागेका उनीहरूको अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यहरूमा उल्लेख छ।
मकाउको सार्वजनिक सुरक्षा प्रहरी बलको प्रारम्भिक अनुसन्धानले चालकले कार पार्किङ गर्ने प्रयास गर्दा एक्सलेरेटर थिच्न पुग्दा उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
यस्तै, प्रहरीले गरेको मापसे परीक्षणमा चालकले त्यस्तो पदार्थ पिएको देखिएको छैन।
684
Shares

प्रतिक्रिया