हङकङ : सोमबार दुर्घटना भएको कार्गो विमानको ब्ल्याक बक्स भेटियो

हङकङ : सोमबार दुर्घटना भएको कार्गो विमानको ब्ल्याक बक्स भेटियो

सोमबार दुर्घटना भएको कार्गो विमानको ब्ल्याक बक्स फेला परेको छ (एससीएमपी)


नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १३:१३, हङकङ

हङकङमा गतहप्ता दुर्घटना भएको कार्गो विमानको ब्ल्याक बक्स भेटिएको छ। गएको सोमबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा विमानस्थलमा कार्यरत दुई कर्मचारीको निधन भएको थियो।

हवाई दुर्घटना अनुसन्धान प्राधिकरणले दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट उडान रेकर्डरहरू फेला पारेपछि एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन दिने वाचा गरेको छ।

दुबईबाट आएको बोइङ ७४७ कार्गो विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर समुद्रमा खसेको थियो।

रनवेबाट चिप्लिएको विमानले एयरपोर्ट सुरक्षा गस्ती गाडीलाई ठक्कर दिँदा गाडीमा सवार दुई एयरपोर्ट कर्मचारीको मृत्यु भएको थियो। विमानमा सवार यात्रुलाई भने सकुशल उद्धार गरिएको थियो।

विमान चालक दलका जना सदस्य सवार थिए। दुर्घटना विमानस्थलको उत्तरी रनवेमा भएको थियो।

सोमबार दुर्घटनाग्रस्त भएको कार्गो विमान हटाउन विमानस्थल प्राधिकरणले बिहीबार एक पेसेवर टोली र दुई उद्धार जहाज खटाएको थियो। यसै क्रममा शुक्रबार राति ब्ल्याक बक्स भेटिएको हो।

दुर्घटनाको अनुसन्धानको लागि जिम्मेवार हवाई दुर्घटना अनुसन्धान प्राधिकरण (एएआईए)का अनुसार विमानको पुच्छर पानीबाट उठाएपछि भग्नावशेषबाट दुई उडान डेटा रेकर्डर (ब्ल्याक बक्स) भेटिएको हो। जुन, पानीमा डुबेको अवस्थामा फेला परेका थिए।

प्रारम्भिक परीक्षणका लागि फेला परेका उपकरण प्रयोगशालामा पठाइएको एएआईएले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .