हङकङको चुनमुनमा मिनीबस र लाइट रेल एकापसमा ठोकिँदा १२ जना घाइते भएका छन्।
लोकमा चाउ जाने मिनीबस आइतबार बिहान पौने १ बजे बजे नयाँ क्षेत्रको चिङलुन रोडमा रेलसँग ठोकिएको हो।
स्रोतलाई उल्लेख गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार मिनीबस चालकले ‘गलत ट्राफिक लाइट देखेको’ कारण दुर्घटना भएको बताएका छन्। प्रहरीले उनलाई पक्राउ गरेको छ।
दुर्घटनामा रेल ट्र्याकबाट खसेको थियो भने मिनीबसको अगाडिको भागमा क्षति पुगेको छ।
18
Shares

प्रतिक्रिया