हङकङमा निर्माण क्षेत्रबाट लडेर कामदारको मृत्यु, ठेकदार निलम्बित

हङकङमा निर्माण क्षेत्रबाट लडेर कामदारको मृत्यु, ठेकदार निलम्बित

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १५:२२, हङकङ

हङकङको साउमाउ पिङमा आइतबार दिउँसो स्काफोल्डिङबाट लडेर कामदारको मृत्यु भएको छ।

निर्माणाधीन ९ तले भवनको अग्लो स्कफोल्डिङबाट लडेर ४७ वर्षीय कामदारको घटनास्थलमै मृत्यु भएपछि उक्त निर्माण स्थलका ठेकदार निलम्बनमा परेका छन्।

प्यारामेडिक्सले घटनास्थलमै मृत घोषणा गरेका ती कामदार बाँसको स्काफोल्डिङ बनाउँदै गर्दा लडेका थिए।

श्रम विभागले घटनाको अनुसन्धान अघि बढाउँदै ठेक्कापट्टामा संलग्न कम्पनी हिपहिङ कन्स्ट्रक्सनलाई निलम्बन सूचना जारी गरेको हो।

ठेकदारलाई भवनको बाहिरी भागमा स्काफोल्डिङ निर्माण गर्न, परिमार्जन गर्न, भत्काउन वा प्रयोग गर्न निषेध गरिएको छ। सम्बन्धित जोखिम हटाउन उपयुक्त उपाय अपनाएको कुरामा विभाग सन्तुष्ट नहुँदासम्म निषेध जारी रहने सूचनामा उल्लेख छ।

विभागले पीडितको परिवारलाई क्षतिपूर्ति सम्बन्धमा र आवश्यक परेमा सामाजिक कल्याण सेवासँग जोड्न सहयोग गर्ने बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .