हङकङले आगामी हप्ता गम्भीर आँधीको सामना गर्नुपर्ने भएको छ। अब्जर्भेटरीका अनुसार आगामी सोमबार सहरबाट आठ सय किलोमिटरको दूरीमा आँधी फङवङ प्रवेश गर्नेछ। र, यो बुधबार सहरको नजिकैको स्थितिमा पुग्ने अनुमान छ। जु अहिले फिलिपिन्सको पूर्वमा रहेको छ।
अब्जर्भेटरीले आँधी विस्तारै तीव्र हुँदै जाने र पश्चिम उत्तरी प्रशान्त महासागरमा झन्डै २२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिम सर्नेछ।
फुङ वङको केन्द्र नजिकै शुक्रबार बिहान हावाको गति ९० किलोमिटर प्रतिघण्टा पुगेको थियो। सप्ताहन्तमा यो १४० किलोमिटर प्रतिघण्टा र त्यसपछि १८५ किलोमिटर प्रतिघण्टाको गतिमा बढ्ने अनुमान गरिएको छ। यसअघि आँधी सुपर टाइफुनमा परिणत भई फिलिपिन्सको उत्तरी भागमा ठोकिने अब्जर्भेटरीको अनुमान छ।
99
Shares

प्रतिक्रिया