हङकङमा भोलि टी१ संकेत

हङकङमा भोलि टी१ संकेत

हङकङ अब्जर्भेटरीले सोमबार टी१ संकेत जारी गरिने बताएको छ (एससीएमपी)


नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १२:५०, काठमाडौँ

हङकङ अब्जर्भेटरीले सोमबार नम्बर १ आँधी संकेत (टी१) जारी गर्ने भएको छ। 

आँधी फङवाङ हङकङनजिक आउने सम्भावना औँल्याउँदै उक्त संकेत जारी गर्न लागिएको हो। अब्जर्भेटरीका अनुसार हप्ताको मध्यतिर आँधी हङकङबाट चार सय किलोमिटरको दूरीमा रहनेछ।

पूर्वानुमानकर्ताका अनुसार आँधी सोमबार दक्षिण चीन सागरमा प्रवेश गर्नुअघि फिलिपिन्सको लुजोनतिर सर्नेछ र ताइवानको वरपर उत्तरतिर जाने छ।

हङकङ अब्जर्भेटरीले सोमबार दिउँसोतिर नम्बर १ संकेत जारी गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .