हङकङको क्वारेन्टाइनमा पाकिस्तानीमाथि आक्रमण

हङकङको क्वारेन्टाइनमा पाकिस्तानीमाथि आक्रमण

मगेन्द्र राई
बैशाख २४, २०७७ बुधबार १७:७,

लामो लकडाउनपछि पाकिस्तानबाट हङकङ फर्किएका हङकङ आइडी बाहक एक पाकिस्तानीले क्वारेन्टाइन सेन्टरमै कुटाई खाएका छन्।

४३ वर्षीय उनीमाथि गत मंगलबार सखारै फो तानस्थित चुङ येउङ इस्टेटको क्वारेन्टाइन केन्द्रमा कालो बस्त्र धारण गरेका दुई नकावधारीले काठको डन्डाद्वारा आक्रमण गरेका थिए। पीडितको हात र घाँटीमा चोट लागेको छ भने उनलाई उपचारका लागि शा तिनको प्रिन्स वेल्स अस्पताल लगिएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार कसैले ढकढकाएपछि आफ्नो ​​युनिटको ढोका खोल्ने क्रममा ती पाकिस्तानीमाथि आक्रमण भएको हो। घटनास्थलमा प्रहरी आउनुअघि नै आक्रमणकारी फरार भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसान्धनले घटनापछि उक्त क्वारेन्टाइन भवनबाट कोही पनि बाहिर नभागेकाले आक्रमणकारीहरू १४ दिने क्वारेन्टाइन आदेश अन्तर्गत शिविरमा रहेका मध्येकै कोही हुन सक्ने संकेत गरेको छ। स्रोतका अनुसार पीडित पाकिस्तानी र उनीसँगै हङकङ फर्कन चाहनेहरुबीच अनलाइन च्याट समूहमा भनाभन भएको थियो। अनुसन्धानकर्ताहरूले अपराधीविरुद्ध प्रमाण जुटाउन र खोज्न सुरक्षात्मक पोशाक लगाउनु पर्ने भएकोले ढिलाई हुँदा मंगलबार दिउँसो १ बजेसम्म कोही पनि पक्राउ पर्न नसकेको बताइएको छ।

लकडाउनका कारण पाकिस्तानमा फसेका ३१९ हङकङ आइडी बाहकहरू गत बिहीबार चार्टर्ड उडान मार्फत हङकङ फिर्ता भएका थिए। उनीहरूको घाँटीको स्वाबको नमूना एशिया वर्ल्ड–एक्सपो परिसरमा जम्मा गरेपछि फो तानस्थित चुन येउंग एस्टेटको क्वारेन्टाइन केन्द्रमा १४ को लागि लगिएको थियो। फर्केका व्यक्तिहरू मध्ये २ जनालाई कोरोना भाइरस फेला परेपछि उपचारका लागि गत शुक्रबार अस्पताल पठाइको छ।

अस्पताल प्राधिकरणका अनुसार हालसम्म कुल संक्रमित १०४१ मध्ये ९२० सफल उपचारपछि निको भएर घर फर्केका छन् भने चार जनाको मृत्यु भएको छ। स्थानीयबीच सङ्क्रमण नभएको झन्डै ३ हप्ता पुग्न लागेको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .