हङकङका नेपालीको केएमई फाइनान्सले थाल्यो रेमिटेन्स सेवा

हङकङका नेपालीको केएमई फाइनान्सले थाल्यो रेमिटेन्स सेवा

मगेन्द्र राई
जेठ १२, २०७७ सोमबार १६:१,

हङकङमा नेपाली व्यवसायीले सञ्चालन गरिरहेका केएमई फाइनान्सले रेमिटेन्स सेवा पनि थालेकाे छ। 

जोर्डनस्थित कार्यालयमा सोमबार नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले पानस बालेर रेमिटेन्स सेवाको उद्घाटन गरेका हुन्। केएमईले सिटी एक्सप्रेस र वेस्टर्न युनियनसँग सहकार्य गरी यो सेवा सञ्चालन गरेको हो।

अब सेवाग्राहीले वैधानिक रूपमा रकम छिटो र भरपर्दो तरिकाले विश्वका कुनै पनि कुनामा पठाउन अन्त कतै धाइरहनुनपर्ने फाइनान्सका निर्देशक कृष्ण पाण्डेले बताए।

‘यसबाहेक रमेमिटेन्सले अन्य सेवा/सुविधासमेत प्रदान गर्नेछ,’ नेपालखबरसँग उनले भने, ‘हाम्रो लक्षित वर्ग सर्वप्रथम नेपाली नै हुन्, त्यसपछि दक्षिण एसियाली अन्य मुलुकका नागरिकलाई पनि लक्ष्य गरेका छौं।’

kme2

यस रेमिटेन्स सेवाबाट पठाएको रकम १०-१५ मिनटभित्र नेपालका ७५ हजार भुक्तानी केन्द्रबाट प्राप्त गर्न सकिने तथा मोबाइल पेकाे व्यवस्थासमेत रहेकाे सञ्चालकले बताएका छन्। 

गत वर्ष हङकङ भ्रमण क्रममा अर्थमन्त्री डा‍. युवराज खतिवडाद्वारा उद्घाटन गराई सञ्चालन गरिएको केएमई फाइनान्स १ करोड हङकङ डलरबाट सुरुवात गरिएको हो। फाइनान्समा झन्डै २० जना प्रोमोटर सेयर होल्डर छन्।

सिभिक कमर्सियल बिल्डिङको १४औं तलामा कार्यालय रहेको फाइनान्सले रेमिटेन्सका अन्य शाखा पनि सञ्चालन गर्ने जनाएको छ। फाइनान्सको अधिकृत पुँजी ५ करोड हङकङ डलर पुर्‍याउने लक्ष्य रहेको निर्देशक पाण्डेले जानकारी दिए।

हङकङबाट गैरकानुनी हुन्डीद्वारा नेपाल पैसा पठाउने प्रचलन छ। अब रेमिटेन्स सेवाले यसलाई निरुत्साहन गरी वैधानिक आर्थिक कोराबारलाई प्रोत्साहन गर्ने फाइनान्सका एक सेयर होल्डरले दाबी गरे।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .