हङकङमा बेइजिङ समर्थक नागरिकले बेलायती दूतावास अगाडि बीएन–ओ पासपोर्ट च्याते

हङकङमा बेइजिङ समर्थक नागरिकले बेलायती दूतावास अगाडि बीएन–ओ पासपोर्ट च्याते

मगेन्द्र राई
जेठ २४, २०७७ शनिबार १०:३७,

शनिबार एडमिराल्टीस्थित बेलायती वाणिज्य दूतावास बाहिर हङकङका नागरिकले आफूसँग भएको ब्रिटिस नेसनल ‘ओभरसीज’ बिएन–ओ पासपोर्ट च्यातेका हुन्।

चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गर्ने भएपछि बेलायतले बीएन–ओ बाहक हङकङका नागरिकलाई बेलायतमा बस्नको लागि अधिकार दिने योजना ल्याएको छ।

त्यसकै विरोधमा उक्त समुहले पासपोर्ट च्यातेको आरटिएचकेले बताएको छ।

उक्त समूहले बेलायतमा बीएन–ओ पासपोर्ट बाहकहरुलाई बसोबासको ब्याबस्था दिलाउने बेलायतको योजना कुत्सित र राजनीति प्रेरित भएको बताउँदै बेलायतलाई चीनको आन्तरिक मामिलाबाट टाढा रहन समेत आग्रह गरेको छ।

उनीहरुले ‘हामी चिनियाँ हौं’ भन्ने नारासमेत लगाएका थिए। उक्त समूहले एकै स्वरमा भनेका छन्,‘हामी यहाँ स्पष्ट रूपमा भन्न आएको हौ कि हामी हङकङ पासपोर्ट धारी हौं, त्यो बाहेक अरु केहि होइनौं, हामी अटुट रुपमा ‘एक देश, दुई प्रणालीको पक्षमा उभिने छौं। हामी राष्ट्रिय सुरक्षा कानूनलाई पूर्ण समर्थन गर्दछौं।’

उनीहरुले दूतावास अगाडि ‘चीनमा शान्ती र हङकङमा शान्ती’ भन्ने नारा पनि लगाएका थिए।

गत महिना बेजिङले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि बेलायतले उक्त कानुन फिर्ता गर्न माग गरेको थियो। तर बेक्ष्जिङले उक्त कानुन पारित गरेपछि बेलायतले बीएन–ओ बाहकहरुलाई बेलायतमा एक बर्षसम्म नवीकरणीय अवधिको लागि बस्न र त्यहाँ काम गर्ने अनुमति दिने बताएको छ।

बेलायती राजनीतिज्ञहरूका अनुसार उक्त योजनाले बेलायतको नागरिकता प्राप्त गर्नको लागी बाटो प्रसस्त गर्नेछ।

हङकङमा तीन लाख पचास हजार बीएन–ओ बाहकहरु छन्। जसले छ महिनासम्म बेलायतमा बिना भिषा भ्रमण गर्ने अनुमति प्रदान गर्दछ।

यस्तै करिब २९ लाख भन्दा बढी हङकङबासीहरुले बेलायतमा बसोबासका लागि तथा बीएन–ओ सुविधाको लागि आवेदन पनि दिन सक्छन्।

बेलायीत योजनाबाट सन् १९९७ जुलाई १ भन्दा अगाडि हङकङमा जन्मिएका नेपालीहरु पनि लाभान्वित हुन्छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .