बुधबार औपचारिक रुपमा उद्घाटन गरिएसँगै बेइजिङको पहिलो राष्ट्रिय सुरक्षा कार्यालय खुलेको हो।
हङकङमा मुख्य क्षेत्र चीनले बनाएको राष्ट्रिय सुरक्षा कानुन लागू भएको एक हप्तापछि हङकङमा सुरक्षा कार्यालय खुलेको हो।
सुरक्षा कानुन लागू भएसँगै हङकङले स्वतन्त्रता गुमाएको भनेर टिप्पणी भइरहँदा बुधबार सुरक्षा कार्यालयका अधिकारीहरुले यस कानुनले शहरमा शान्ति र स्यायित्व ल्याउने साथै अराजक गतिविधिहरु नियन्त्रणमा आउने बताए।
मंगलबार मात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले हङकङमा सुरक्षा कानुन लागू भएपछि अब यहाँका जनताले आफ्ना अधिकार र स्वतन्त्रता कसैको डर र धम्की बिनै प्रयोग गर्न पाउने बताएकी थिइन्।
बुधबार बिहान सुरक्षा कार्यालयको उद्घाटनमा लाम पनि उपस्थित भएकी थिइन्। कार्यालयमा चिनियाँ झण्डा फहराइएको थियो भने सुरक्षाका लागि आवश्यक सामग्री पनि कार्यालयमा तयार गरिएको छ।
यसबीचमा हङकङ–चीन सम्पर्क कार्यालयले बेइजिङले हङकङमा आफ्नो प्रतिनिधि पठाएर हङकङको राष्ट्रिय सुरक्षाको पहरेदारको भूमिका खेलेको बताएको छ।
हङकङको नयाँ कानुनमा हङकङ अलग पार्ने, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्याउन प्रतिबन्ध लगाइएको छ। यसो गरे अपराध मानिने र हदैसम्मको दण्ड सजाय हुने उल्लेख छ। बीबीसी
प्रतिक्रिया