फेरि कोरोना संक्रमित फेला परेपछि हङकङले सहरमा भित्रिने हवाई यात्रुलाई कडाइ गर्न थालेको छ।
हङकङले नेपाललाई समेत उच्च जोखिमयुक्त मुलुकमा राखेको छ।
अब नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाबाट भित्रिने यात्रुले आफूलाई कोभिड–१९ नेगेटिभ भएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरेको छ।
परीक्षण दर न्यून रहेको भन्दै हङकङले यी मुलुकलाई उच्च जोखिमयुक्त भनेको हो।
शुक्रबार मात्र हङकङमा ३८ नयाँ संक्रमित फेला परेका थिए। जसमध्ये ३२ स्थानीय संक्रमण रहेको जनाइएको छ। एससीएमपी
3
Shares
प्रतिक्रिया