कोरोना भाइरस झन खतरनाक बनेकाले आवश्यक सावधानी नअपनाए शहरमा ठूलो स्वास्थ्य चुनौती सिर्जना हुने युनिभर्सिटी अफ मडिकल स्कुलका प्राध्यापक ग्याब्रिएल लिउङले बताएका हुन्।
उनका अनुसार हङकङमा ५० देखि ६० संक्रमितलाई पहिचान गर्न सकिएको छैन र उनीहरुले कोरोना भाइरस हङकङभर फैल्याउन सक्छन्।
त्यसैले फेरि चुस्त परीक्षण गरिनु पर्ने उनको सुझाव रहेको छ। आइतबार मात्र हङकङमा ५३ नयाँ संक्रमित थपिएका छन्।
ग्याब्रिएल लिउङ
यसअघि शनिबार, शुक्रबार, बिहीबार र बुधबार लगातार धेरैको संख्यामा हङकङमा कोरोना संक्रमित थपिएका थिए।
हालसम्म हङकङमा १४ सयभन्दा बढीका कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ७ जनाको मृत्यु हुँदा १२ सय उपचारपछि स्वस्थ छन्।
केही दिनयता हङकङमा संक्रमित बढ्न थालेपछि कोरोनाविरुद्धको उपायलाई फेरि कडा बनाइएको छ।
प्रतिक्रिया