हङकङमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिए, यस्तो छ नेपालीको अवस्था

हङकङमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिए, यस्तो छ नेपालीको अवस्था

मगेन्द्र राई
साउन १, २०७७ बिहिबार ११:५०,

यहाँको स्वास्थ्य संरक्षण केन्द्रले बिहिबार ४ बजेको मिडिया ब्रिफिङमार्फत
६७ कोरोना संक्रमति भेटिएको जानकारी दिएको हो।

यससँगै हङकङमा कोरोना संक्रमितको कुल सङ्ख्या १६ सय ५६ पुगेको छ।

बिहीबार देखिएका कोरोना संक्रमित हालसम्मकै बढी संख्यामा थपिएका संक्रमित भएको बताइएको छ।

यसअघि गत मार्च २७ मा ६५ संक्रमित फेला परेका थिए। पछिल्लो समय हङकङमा कोरोनाको प्रभाव शुन्यमा झरेको थियो। हाल नयाँ संक्रमित बढ्न थालेपछि यसलाई कोरोनाको अर्को लहरको रुपमा हेरिएको छ।

बिहीबार प्रेस ब्रिफिङमा डाक्टर चौङले चार संक्रमित आयातित र बाँकी स्थानीय संक्रमण भएको जानकारी दिए।

६३ स्थानीय संक्रमितमध्ये २८ जना पहिलेकै सङ्क्रमणसँग सम्बन्धित भएको तथा बाँकी ३५ सङ्क्रमितहरु अज्ञात भएको बताईएको छ।

नयाँ सङ्क्रमितहरु ट्याक्सी चालक, सुपर मार्केटका क्यासियर, अस्पतालका कर्मचारी तथा अन्य परिवारका सदस्यहरु रहेको जनाइएको छ।

बिहीबार भारत, फिलिपिन्स र ईन्डोनेशियाबाट आएका ४ जनामा पनि संक्रमण देखिएको हो।

हङकङमा हालसम्म पुरा संक्रमितमध्ये १२ सय ५४ जना उपचार पछि स्वस्थ बनेका छन्। यस्तै गएको २४ घण्टामा १३ बिरामी हरु डिस्चार्ज भएका छन् भने यहाँ कुल मृतकको संख्या १० पुगेको छ।

चिकित्सकहरुका अनुसार हाल १० बिरामीको अवस्था गम्भीर बन्दै गएको छ भने ६ बिरामीहरु अवस्था चिन्ताजनक भइसकेको छ।

निर्माण क्षेत्रमा समेत कोरोना संक्रमण फेला, नेपाली सुरक्षित

यहाँ निर्माण क्षेत्रमा काम गर्नेहरु समेतमा कोरोनाको संक्रमण फेला परेको छ।

चुङ क्वान ओ, लोहास पार्क स्थित निर्माणाधिन भवनको साईटमा हजिो बुधबार दुई चिनियाँ कामदारमा सङ्क्रमण फेला परेको छ।

ग्यामन कम्पनीका मुख्य ठेकेदार रहेको उक्त निर्माण साईटमा अन्य थुप्रै सह ठेकेदार कम्पनीहरु सम्मिलित साईटमा झन्डै ३ सय कामदारहरुमध्ये आधा जसो नेपाली कामदारहरु रहेको कुरा सोही साईटमा कार्यरत जीवन सार्कीले नेपालखबरलाई बताए।

‘साईटमा कोरोना फेला परेपछि कामधन्दा समेत बन्द भएको छ, अझ २ हप्ता सम्म बन्द हुनसक्ने हल्लाले माम समेत बन्द हुन सक्ने चिन्ता बढेको छ’ जीवनले भने,‘मिङ थाई भन्ने कम्पनीमा काम गर्ने कामदारहरुमा कोरोनाको संक्रमण देखिएको छ। उक्त कम्पनीमा नेपालीहरु छैनन् यद्यपी एकै साईटमा काम गर्ने भएकोले यसै भन्न सक्ने स्थितीमा छैनौं।’

हङकङमा हजारौं नेपालीहरु निर्माण क्षेत्रमा कार्यरत छन्। करिब ३० हजार नेपालीहरु बसोबास रहेको हङकङमा केही नेपालीमा पनि कोरोना संक्रमण भएको थियो। हाल उनीहरु स्वस्थ बनिसकेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .