शनिबार मात्र हङकङमा १ सय ३३ नयाँ संक्रमित थपिँदा सोही अवधिमा २ जनाको मृत्यु पनि भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
पछिल्लो समय हङकङमा तीव्र गतिमा कोरोना संक्रमितहरु थपिरहेका छन्। नयाँ संक्रमितमध्ये १२६ स्थानीयस्तरमै देखिएका संक्रमित हुन्।
जसमध्ये ५५ जनामा कोबाट कोरोना सर्यो भनेर हालसम्म पत्ता लाग्न सकेको छैन। शनिबार कोरोनाबाट मृत्यु भएका दुई व्यक्ति ६० र ८४ वर्षका वृद्धहरु भएको पनि बताइएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको संख्या २५ सय ५ पुगेको छ। साथै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।
शनिबार नै हङकङकी कार्यकारी प्रमुखले हङकङमा कोरोना नियन्त्रणका लागि आफूले चीनसँग सहयोग मागेको विषय फेसबुकमा बताएकी छिन्। एससीएमपी
प्रतिक्रिया