बुधबार ११८ संक्रमित थपिएसँगै यहाँ संक्रमितको संख्या ३ हजार २ पुगेको साउथ चाइना मर्निङ पोस्टले पुगेको छ।
कोरोनाबाट हङकङमा हालसम्म २४ को मृत्यु भइसकेको छ भने यहाँ १५ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
लगातार ८ दिनयता यहाँ सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका हुन्।
हाल हङकङमा माक्स लगाउनुपर्ने बाध्यकारी नियम लागू गरिएको छ। यो नियम तोडेमा ५ हजार हङकङ डलर जरिवाना हुनेछ।
यस्तै आज बुधबारदेखि यहाँका रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएको छ भने फरक घरका दुई जनाभन्दा बढी भेट्न नपाइने नियम लागू गरिएको छ।
प्रतिक्रिया