उनले कोरोना भाइरसले समुदायस्तरमै प्रभाव पार्ने भएकाले यसले शहरको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिनसक्ने बताइन्।
बुधबार मात्र हङकङमा कोरोना संक्रमितको संख्या ३ हजारभन्दा बढी पुगेको छ।
आज ११८ संक्रमित थपिएसँगै यहाँ संक्रमितको संख्या ३ हजार २ पुगेपछि लामले सबैलाई कोरोनाविरुद्धको नियम पालना गर्न आग्रह गरिन्।
लगातार ८ दिनयता यहाँ सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका छन्।
हाल हङकङमा माक्स लगाउनुपर्ने बाध्यकारी नियम लागू गरिएको छ। यो नियम तोडेमा ५ हजार हङकङ डलर जरिवाना हुनेछ।
यस्तै आज बुधबारदेखि यहाँका रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएको छ भने फरक घरका दुई जनाभन्दा बढी भेट्न नपाइने नियम लागू गरिएको छ।
लामले सम्भव भएसम्मै घरै बस्न पनि अग्रह गरेकी छिन्। बीबीसी
प्रतिक्रिया