नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत ती चार विद्यार्थीलाई गिरफ्तार गरिएको बताइएको छ।
सामाजिक संजालमा विभिन्न पोस्टहरु मार्फत हङकङ चीनबाट अलग्याउन उत्तेजित पारेको भन्दै ती विद्यार्थीलाई पक्राउ गरिएको हो।
गत जुलाई एकबाट हङकङमा चीनले राष्ट्रिय सरक्षा कानुन लागू गरेको छ। उक्त कानुन अनुसार चीन विरोधी गतिविधिलाई अपराध मानिनेछ।
कानुन अनुसार चीनको राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अपमान गर्न पाइने छैन। साथै हङकङ अलग्याउन चाहने शक्तिलाई देशद्रोहको मुद्दा लाग्ने पनि बताइएको छ।
पक्राउ पर्नेमा टोनी चुङ पनि भएको बताइएको छ। टोनी चुङले कानुन लागू हुनुपूर्व स्वतन्त्र हङकङको आन्दोलनलाई साथ दिँदै आएका थिए।
पक्राउ पर्नेहरु १६ देखि २१ वर्षका तीन युवा र एक युवती भएको बताइएको छ। बीबीसी
प्रतिक्रिया