६० स्वास्थ्यकर्मीको टोली हङकङ आउन लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
६० मध्ये ७ जना चिकित्सकहरु आइतबार हङकङ आइपुग्नेछन्। यिनीहरुले हङकङको अस्पतालहरुको ल्याबमा सहयोग पुर्याउनेछन्।
यस्तै कोरोनाको उद्गमस्थल वुहानमा कोरोना भाइरस नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेका ६ विज्ञको टोली पनि हङकङ आउँदै छन्। यिनीहरुले हङकङका अधिकारीहरुसँग मिलेर अनुसन्धान गर्ने जनाइएको छ।
गतहप्ता मात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शहरमा कोरोना संक्रमित अत्यधिक बढ्न थालेपछि मुख्यक्षेत्र चीनको सहयोग मागेको बताएकी थिइन्।
लामले कोरोनाको तेस्रो लहरले शहरको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने चेतावनी पनि दिएकी थिइन्। वुहानका विज्ञहरुसँग युद्धस्तरमा अस्पताल निर्माण गर्ने अनुभव भएको बताइएको छ।
हङकङमा पनि कोरोनाका अस्थायी अस्पतालहरु निर्माण गरिने अपेक्षा गरिएको छ।
हङकङमा हालसम्म ३२ सय ७२ मा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये २७ को मृत्युहुँदा १५ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
केही समय अगाडि संक्रमण शुन्यमा झरेको हङकङको अवस्था यतिबेला गम्भीर चरणमा प्रवेश गरेको छ। पछिल्लो समय हङकङमा दैनिक सयभन्दा बढी कोरोना संक्रमित बन्न थालेका छन्।
त्यसकारण यहाँ खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ। यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ।
प्रतिक्रिया