सीजीटीएनका अनुसार एसिया वल्र्ड–एक्स्पोमा बनाइएको अस्थायी अस्पतालमा हाल २० कोरोना संक्रमितको उपचार भइरहेको छ।
यस अस्पतालले विशेषगरी १८ देखि ६० वर्षका संक्रमितको उपचार गर्ने जनाइएको छ। २४ घण्टा सेवा प्रदान गर्ने यस अस्पतालमा ५ सय शय्या छ भने यहाँ फोक्सोको एक्स रे र रगत जाँच गरिन्छ।
पहिलो हप्ता यस अस्पतालले दैनिक ३० संक्रमितलाई सेवा दिने जनाइएको छ। शनिबार दर्जनौं डाक्टर तथा नर्सहरु अस्पतालमा खटाइएका छन्।
पछिल्लो समय हङकङमा तीव्र गतिमा कोरोना फैलन थालेपछि यहाँ कोरोना लक्षित अस्पताल खोलिएको हो।
प्रतिक्रिया