गत वर्ष सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रदर्शनकारीले १५ घण्टा हङकङ प्रहरीको मुख्यालयमा घेराबन्दी गरेका थिए।
चोले प्रदर्शनकारीलाई प्रहरीको मुख्यालय घेराबन्दी गर्न उक्साएको आदालतले ठहर गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चोकी सहपाठी जोसुवा वोङ चि–फुङलाई पनि यस आरोपमा दोषी ठहर गरिएको बताइएको छ।
गतवर्ष हङकङमा सुपुर्दगी सन्धिको विषयालाई लिएर महिनौं लामो सरकार विरोधी प्रदर्शन भएको थियो।
हङकङले मुख्य क्षेत्र चीनसँग सन्धि गर्ने विधेयक संसदमा प्रस्तुत गर्दा आन्दोलन चर्किएको थियो। चीन विरोधी गतिविधि उक्त आन्दोलनमा गरिएका थिए।
तर यतिबेला हङकङमा मुख्य क्षेत्र चीनले सुरक्षा कानुन लागू गरिसकेको छ। यस्तो अवस्थामा चीन विरोधी गतिविधि गरिए उनीहरुविरुद्ध देशद्रोहको मुद्दा लाग्ने सम्भावना हुन्छ।
3
Shares
प्रतिक्रिया