नयाँ संक्रमितहरु थपिँदा बुधबार थप चार जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
मृत्यु हुनेहरु सबै वृद्धवृद्धा भएको बताइएको छ। हाल देखिएका संक्रमितमध्ये ३३ जना पहिलेकै संक्रमणसँग जोडिएका मानिसहरु हुन्।
नयाँ केही संक्रमितहरु इन्डोनेसियाका घरेलु कामदार भएको बताइएको छ। हङकङमा हालसम्म ४२ सय ४३ मा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६३ को मृत्यु भइसकेको छ भने ३ हजार ५२ उपचारपछि स्वस्थ बनेका छन्।
कोरोना संक्रमण शुन्यमा झरेको हङकङको अवस्था गत महिनाको मध्यबाट जटिल बन्दै गएको छ।
यसबीचमा चीनका विज्ञहरुको टोली हङकङमा कोरोना नियन्त्रण गर्न पनि आएका छन्।
हाल हङकङमा खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ।
यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ।
प्रतिक्रिया