यससँगै यहाँ कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित बन्नेको संख्या ४ हजार ४ सय ६ पुगेको छ।
कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या हालसम्म ६७ पुगिसक्दा ३४ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
शनिबार देखिएका ४६ संक्रमितमध्ये ३९ जना स्थानीय स्तरबाटै परेका बिरामी हुन्।
कोरोना संक्रमण शुन्यमा झरेको हङकङको अवस्था गत महिनाको मध्यबाट जटिल बन्दै गएको हो।
यसबीचमा चीनका विज्ञहरुको टोली हङकङमा कोरोना नियन्त्रण गर्न पनि आएका छन्।
हाल हङकङमा खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ।
यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ।
प्रतिक्रिया