अमेरिकाको विदेश मन्त्रालयले हङकङसँग रहेको सुपुर्दगी सन्धि बुधबार निलम्बल गरेको छ।
बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेको भन्दै वासिङ्टनले यस्तो कदम चलेको हो। अमेरिकाले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङसँग गरेका तीन वटा दुई पक्षीय सन्धिमध्ये सुपुर्दगी सन्धि एउटा थियो।
‘यो सन्धिले भगौडा अपराधीको आत्मसमर्पण, सजाय पाएका व्यक्तिको हस्तान्तरण तथा पानी जहाजको अन्तर्राष्ट्रिय सञ्चालनबाट प्राप्त हुने आम्दानीमा कर छुटको व्यवस्था गरिएको थियो’, स्टेट डिपार्टमेन्टका प्रवक्ता मोर्गन अर्टागसको भनाइ साउथ चाइना मर्निङ पोष्टले उधृत गरेको छ।
राष्ट्रिय सुरक्षा कानून लागू भएपछि हङकङसँग सुपुर्दगी सन्धि निलम्बन गर्ने अमेरिका सातौं देश हो। अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, जर्मनी, फ्रान्स र बेलायतले केही साताअघि नै हङकङसँग सुपुर्दगी सन्धि निलम्बल गरिसकेका छन्।
वासिङ्टनको यो कदमले अमेरिका–चीन सम्बन्ध अझै खराब हुने संकेत गरेको छ।
प्रतिक्रिया