नेपाल सरकारले भदौ १६ (सेप्टेम्बर १) बाट नेपाल एयरलाइन्सको काठमाडौं–हङकङ नियमित उडान सुरु गर्ने निर्णय गरेको छ।
कोरोना महामारीका कारण आएको संकटले चैत ११ गते नेपालमा लकडाउन भएपछि बन्द भएको नियमित उडान पाँच महिनापछि सुरु हुन लागेको हो।
पीसीआर परीक्षण सहज भएका १० देश र शरहबाट नेपाली नागरिकलाई आउन नियमित उडान सुरु गर्ने निर्णय बिहीबार मन्त्रीपरिषद बैठकले गरेको शुक्रबार सञ्चारमन्त्री युवराज खतिवडाले बताए।
खतिवडाका अनुसार भदौ १६ बाट नियमित उडान गर्न पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले तयारी गर्नेछ।
मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हो।
प्रतिक्रिया