नेपाल सरकारले भदौ १६ (सेप्टेम्बर १) बाट नेपाल एयरलाइन्सको काठमाडौं–हङकङ नियमित उडान सुरु गर्ने निर्णय गरेको छ।
कोरोना महामारीका कारण आएको संकटले चैत ११ गते नेपालमा लकडाउन भएपछि बन्द भएको नियमित उडान पाँच महिनापछि सुरु हुन लागेको हो।
यस बीचमा काठमाडौं–हङकङ केही चार्टर्ड उडान भएपनि नियमित उडान हुन नसक्दा आवतजावतमा समस्या पर्दै आएको छ।
पीसीआर परीक्षण सहज भएका १० देश र शरहबाट नेपाली नागरिकलाई आउन नियमित उडान सुरु गर्ने निर्णय बिहीबार मन्त्रीपरिषद बैठकले गरेको शुक्रबार सञ्चारमन्त्री युवराज खतिवडाले बताए।
खतिवडाका अनुसार भदौ १६ बाट नियमित उडान गर्न पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले तयारी गर्नेछ।
नेपाली यात्रु मात्र बोक्न सुरु हुन लागेको हङकङ–काठमाडौं नियमित उडान कहिलेसम्म निरन्तर हुने वा यो उडानले कहिलेबाट गैरनेपाली पनि बोक्ने भन्ने विषयमा सरकारले केही खुलाएको छैन।
यसअघि भदौ १ गते (अगष्ट १७) बाट नियमति उडान सुरु गर्ने निर्णय भएपनि पछि कोरोना महामारी उग्र रुपमा बढेपछि त्यो निर्णय स्थगित गरिएको थियो।
मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हो।
यो पनिः
हङकङ–काठमाडौं हप्तामा ३ वटा नियमित उडान हुँदैन, कति वटा हुन्छ?
Shares
प्रतिक्रिया