अवैधानिक रुपमा कोरोनाविरुद्धको नियमहरु उल्लंघन गरी संचालन गरिएको जुवाधन्दामा प्रहरीले छापा हानेको एससीएमपीले जनाएको छ।
गएको दुईहप्ताको अवधिमा प्रहरीले २२ स्थानमा छापाहान्दा १ सय ५३ जनालाई पक्राउ गर्न सफल भएको बताइएको छ।
पक्राउ पर्नेमा ९१ पुरुष र ६२ महिला भएको बताइएको छ। हङकङमा अवैधानिक रुपमा जुवाधन्दा संचालन गरेमा ९ महिनाको जेल र ३० हजार हङकङ डलर जरिवाना हुनेछ।
यसैबीच हङकङमा कोरोना संक्रमितको संख्या ४ हजार ६९२ पुगेको छ। संत्रमितमध्ये ७७ जनाको मृत्यु भएको छ भने ४ हजार ५२ उपचारपछि स्वस्थ बनेका छन्।एससीएमपी
प्रतिक्रिया