स्वशासित टापु ताइवानमा पुग्नै लाग्दा हङकङका अभियन्ताहरु पक्राउ परेको एससीएमपीले जनाएको छ।
यसअघि हङकङका १२ व्यक्तिहरु पनि सोही क्षेत्र हुँदै ताइवान प्रवेश गर्न खोजेका थिए। तर मुख्यक्षेत्र चीनका सेनाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
ताइवानको पत्रिका चाइना टाइम्सका अनुसार गत जुलाई महिनाको अन्तिममा डुंगामा सवार हङकङका अभियन्ताहरुको डुंगाको इन्धन समाप्त भएपछि उनीहरु बीच समुन्द्रमै रोकिएका थिए।
सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा हङकङमा आन्दोलन चर्काउन भूमिका खेलेको अभियोग लागेका एक २४ वर्षका पुरुष भएको बताइएको छ।
हङकङमा मुख्यक्षेत्र चीनले नयाँ सुरक्षा कानुन लागू गरेयता सरकारविरोधी तथा मुख्यक्षेत्र चीन विरोधी व्यक्तिहरु पक्राउ पर्न थालेका छन्।
प्रतिक्रिया