बुधबार ८ नयाँ संक्रमित भेटिएका हुन्। यो संख्या दुई महिनायताकै सबैभन्दा कम भएको एससीएमपीले जनाएको छ।
हङकङ सरकारले कोरोनाविरुद्ध लागू गरेको नियम खुला गर्ने योजना बनाइरहँदा यहाँ कम संख्यामा कोरोना संक्रमित देखिएका हुन्।
हाल हङकङ सरकारले रेस्टुरेन्ट, जिम तथा अन्य व्यवसायिक गतिविधि पुनः सुचारु गर्ने संकेत दिइरहेकै समयमा कम संक्रमित देखिएपछि अब हङकङमा व्यवसायिक गतिविधि सुचारु हुने पनि अपेक्षा गरिएको छ।
हङकङमा हालसम्म ४८ सय ३० मा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ९२ को मृत्यु भएको छ भने ४४ सय उपचारपछि स्वस्थ बनेका छन्।
यसैबीच हङकङमा मंगलबारदेखि सुरु भएको सामूहिक कोरोना परीक्षणमा हालसम्म कोही संक्रमति नभेटिएको बताइएको छ।
हङकङले आफ्ना सबै नागरिकको कोरोना परीक्षण निशुल्क गर्ने योजना ल्याएको छ।
प्रतिक्रिया