एससीएमपीका अनुसार १ लाख २८ हजारमा कोरोना परीक्षण गरिँदा ६ जनाका कोरोना देखिएको हो।
हङकङ सरकारले शहरभरीका नागरिकलाई निशुल्क कोरोना परीक्षण गराउने योजना ल्याएको छ।
सोही अनुरुप पहिलो कोरोना परीक्षण गरिएको थियो। यस योजनालाई अगाडि बढाइने र सबैको कोरोना परीक्षण गरिनेछ।
यसैबीच हालसम्म ३ लाख ७० हजारको कोरोना परीक्षण भइसकेको छ। परीक्षण भएकामध्ये हालसम्म १ लाख २८ हजारको मात्र कोरोना नतिजा आएको हो।
बाँकीको चाँडै आउनेछ। बिहीबारसम्म थप ८ लाख ५० हजारले कोरोना परीक्षण गराउन आप्mनो नाम दर्ता गरिसकेको पनि बताइएको छ।
बिहीबारसम्म हङकङमा ४८ सय ३८ मा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये ९३ जनाको ज्यान गएको छ भने ४४ सय उपचारपछि स्वस्थ बनेका छन्।
प्रतिक्रिया