बुधबार ८ नयाँ संक्रमित थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ८८ पुगेको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरले जनाएको छ।
यसैबीच यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १०५ पुगेको पनि जनाइएको छ। हालसम्म ४८ सय २७ भने उपचारपछि स्वस्थ बनेका छन्।
हाल हङकङमा १५६ सक्रिय कोरोना संक्रमित छन्। तीमध्ये १० को अवस्था भने गम्भीर रहेको बताइएको छ।
हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ।
यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्।
प्रतिक्रिया