यससँगै हङकङमा कोरोनाबाट संक्रमित बन्नेको कुल संख्या ५ हजार १०९ पुगेको छ।
हालसम्म १०५ को मृत्यु भइसक्दा पुरा संक्रमितमध्ये ४८ सय ४९ जना उपचारपछि स्वस्थ बनेका छन्।
यतिबेला यहाँ १५५ सक्रिय संक्रमित छनभने १० जनाको अवस्था गम्भीर भएको बताइएको छ।
यसैबीच हङकङमा कोरोनाविरुद्धको नियम उल्लंघन गर्नेलाई ठूलो जरिवाना गर्न सकिने प्रावधान बनेको छ।
जस अन्तर्गत मास्क नलगाउने, व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना नगर्नेलाई ५० हजार हङकङ डलरसम्म जरिवाना हुनसक्नेछ।
कोरोनाको उपाय नमान्नेलाई ६ महिनाको जेल सजाय पनि हुनसक्ने बतााइएको छ। यी नियमहरु होटल, रेस्टुरेन्ट तथा अन्य भीड हुने स्थानमा लागू हुनेछन्।
हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ।
यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्। एससीएमपी
प्रतिक्रिया