यससँगै हङकङमा कोरोनाबाट संक्रमित बन्नेको कुल संख्या ५ हजार १२४ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यस्तै यहाँ हालसम्म १०५ को मृत्यु भइसक्दा पुरा संक्रमितमध्ये ४८ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेको बताइएको छ।
पछिल्लो संक्रमणको केन्द्रविन्दु सिम सा सुईको एउटा बार भएको हुनसक्ने आशंका गरिएको छ। सोमबार थपिएका संक्रमितमध्ये चार जना स्थानीयस्तरबाट संक्रमित बनेका थिए।
हालैमात्र हङकङमा कोरोनाविरुद्धको नियम उल्लंघन गर्नेलाई ठूलो जरिवाना गर्न सकिने प्रावधान बनेको छ।
जस अन्तर्गत मास्क नलगाउने, व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना नगर्नेलाई ५० हजार हङकङ डलरसम्म जरिवाना हुनसक्नेछ।
कोरोनाको उपाय नमान्नेलाई ६ महिनाको जेल सजाय पनि हुनसक्ने बतााइएको छ। यी नियमहरु होटल, रेस्टुरेन्ट तथा अन्य भीड हुने स्थानमा लागू हुनेछन्।
हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ।
यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्।
Shares
प्रतिक्रिया