मंगलबार बिहान १ बजेको समयमा सिम सा सुईको मेजानाइन–लेभल पबमा दुई अराजक समूहबीच झडप भएको र झगडा छुट्याउने क्रममा उक्त बारको एक कर्मचारीको हत्या भएको एससीएमपीले जनाएको छ।
झडपका क्रममा अन्य तीन कर्मचारी पनि घाइते छन्। यस घटनामा संलग्न २० जनाको यतिबेला खोजी भइरहेको छ।
१४के ग्याङ र वो सिङ वो ट्रेइड ग्याङका सदस्यहरु यस झडपमा संलग्न भएको आशंका गरिएको छ। झडप भएको पब १४ के ग्याङको लगानी रहेको पब भएको बताइन्छ।
कोरोना प्रकोपबीच हङकङका बार, रेस्टुरेन्ट तथा होटलहरुमा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम लागू गरिएको छ। जसअनुसार २ मिटरको दुरीमा बसेर ग्राहकले सेवा लिनुपर्नेछ।
प्रतिक्रिया