राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङले दुई साताका लागि प्रवेश निषेध गरेको छ।
शुक्रबार काठमाडौं–हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङले प्रतिबन्ध लगाएको हो।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि दुई साता प्रतिवन्ध लगाएको हो। नेपालमा पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुमा नै हङकङमा पोजेटिभ देखिएको उनको दाबी छ।
योसँगै ४ अक्टोबर २०२० देखि १७ अक्टोवर २०२० सम्म नेपाल एयरलाइन्सले हङकङका लागि कुनै पनि फ्लाइट गर्न पाउनेछैन।
प्रतिक्रिया