कोरोना संकटका कारण मकाउमा रोजगारी छाडेका वा सम्झौता सकिएका ६४ जना नेपाली आज मंगलबार हङकङ हुँदै नेपाल फर्केका छन्।
कोरोना महामारी सुरु भएपछि चीनको विशेष प्रशासनिक क्षेत्र मकाउबाट नेपालीहरू फर्केको यो तेस्रो पटक हो। यसअघि सुरुमा ६३ जना र अर्को पटक ३० जना फर्केका थिए।
गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्ण गुरुङका अनुसार मंगलबार बिहानै मकाउबाट अध्यागमन पार गरी बस चढेर एक घण्टामा हङकङ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका ६४ जना नेपाली हङकङबाट दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंका लागि उडेका हुन्।
‘६४ जना सबैका लागि नेपाली महावाणिज्य दूतावासले बिहानै मकाउको अध्यागमन कार्यालय खोल्न आग्रह गर्नेदेखि हङकङको भिसा र बसको व्यवस्था समेत मिलाएको हो’, गुरुङले भने।
६४ जनामध्ये रोजगार सम्झौता सकिएका, रोजगारी छाडेका नेपालीहरू छन्, जसमा पाँच जना महिला छन्।
Shares
प्रतिक्रिया