हङकङको एउटा फ्ल्याटमा एक बालक आफ्नी आमाको हत्या भएपछि ३० घण्टासम्म उनकै नजिक बसिरहेको अवस्थामा फेला परेका छन्।
मङ ककस्थित पोर्टल्यान्ड स्ट्रिटको चि फु भवनमा २८ वर्षीया महिलाको छुरा हानी हत्या भएको थियो। ती महिलालाई उनकै ३२ वर्षीय पतिले हत्या गरेको अनुमान प्रहरीले गरेको छ। पत्नीको हत्यालगत्तै ती व्यक्तिले आइतबार मध्यरातपछि आत्महत्या गरिसकेका छन्।
नजिकैको एक भवनबाट राति १ बजे उनी हाम फालेका थिए। तर, मंगलबार दिउँसो एक महिला उनीहरुको फ्ल्याटमा पुगेपछि मात्रै ती पुरुषले पत्नीको हत्या गरेको खुलासा भएको थियो।
‘ती बालकले ढोका खोले। अनि मात्रै आमा ट्वाइलेटमा मृत अवस्थामा लडिरहेको उनकी साथीले देखिन्,’ स्रोतले भन्यो।
ती महिलाको घाँटी र टाउकोमा छुरा प्रहारको चोट रहेको बताइएको छ।
‘बालकलाई कुनै चोट देखिएको छैन र परीक्षणका लागि अस्पताल पठाइएको छ,’ स्रोतले भन्यो।
आइतबार राति सो फ्ल्याटमा झगडा भएको आवाज छिमेकीहरुले सुनेका थिए। तर, प्रहरीलाई त्यसको जानकारी भने कसैले गराएन। एससीएमपी
Shares
प्रतिक्रिया