हालै अमेरिकामा राष्ट्रपतीको निर्वाचन सम्पन्न भएको छ। मतगणना जारी रहँदा डेमोक्रेटिक पार्टीका जो बाइडेनले ट्रम्पलाई जित्ने सम्भावना बढी भएको देखिएको छ।
हङकङस्थित ग्लोबल स्टडिज इन्स्टिट्युट थिंक ट्यांक संस्थाका अनुसार बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बनेतापनि उनले ट्रम्पको मुद्दाहरुमा काम गर्नुपर्ने हुन्छ जसका कारण हङकङविरुद्धको कदम फिर्ता हुन गाह्रो देखिन्छ।
केही महिना अगाडि चीनले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले हङकङलाई दिएको विशेष आर्थिक अवस्था रद्द गरिदिएका थिए। जसका कारण यी दुई देशबीचको व्यापारिक अवस्था खुम्चिएको छ।
हङकङमा थिंक ट्यांक संस्थाका महासचिव विल्सन चान वाई–सुनका अनुसार बाइडेनले चीनविरुद्ध कडा नीति लिनेछन्। बाइडेनले चीनसँग प्रविधि र व्यापारिक विषयको विवादमा कडा नीति अबलम्ब गर्दा उनले हङकङसँग भने कडा नीति नलिने अपेक्षा गरिएको छ।
यद्यपी ट्रम्पका मुद्दाहरुसँग अगाडि बढ्नुपर्ने भएकाले बाइडेनको नेतृत्वमा समेत हङकङका अधिकारीमाथि लागेको अमेरिकी भ्रमण प्रतिबन्ध र आर्थिक अवस्था फिर्ता गर्ने विषय सुधार नहुने विल्सनको भनाइ छ।
यसअघि ट्रम्पले हङकङलाई पनि चीन सरह व्यवहार गरिने बताएका थिए। चीनले बनाएको सुरक्षा कानुनले हङकङको स्वतन्त्रता गुमेको उनको भनाइ थियो।
साथै मेड इन हङकङको लेबललाई पनि अमेरिकाले मेड इन चाइनाको लेबल लगाउने बताइएको थियो।
ट्रम्प प्रशासनले हङकङविरुद्ध कडा नीति लिएको थियो। अब बाइडेन राष्ट्रपति बने अमेरिकाले हङकङविरुद्ध कस्तो नीति लिनेछ भन्ने विषयमा छलफल भइरहँदा विश्लेषकहरुले हङकङविरुद्धका अमेरिकी कदम यथावत् हुने बताएका हुन्। एससीएमपी
प्रतिक्रिया