३२ वर्षकी आमा र ६ र १० वर्षको उमेर भएका दुई बच्चा चिउङ स्वा वान हाउसिङ स्टेटको लोटस हाउसस्थित २० औं फ्ल्याटमा मृत फेला परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रहरीका अनुसार ग्यास लिक भएको अवस्थामा तीन जना अचेत फेला परेका थिए।
आइतबार अचेत फेला परेकी आमालाई प्रिन्सेस मार्गरेट हस्पिटल उपचारका लागि लगिएको थियोभने बच्चाहरुलार्इ क्यारिटस मेडिकल सेन्टर लगिएको थियो।
उनीहरुको अस्पतालमै मृत्यु भएको घोषणा गरिएको थियो।
प्रहरीले यस घटनामा आमाले सुरुमा बच्चाहरुको हत्या गरेको र पछि आफूले आत्महत्या गरेको हनुसक्ने आशंका गरेका छन्।
प्रहरीले आइतबार बिहान ८ बजे ती महिला र बच्चा बस्ने फ्ल्याटमा ग्यास लिक भएको सूचना पाएका थिए।
अग्निनियन्त्रणहरु उद्धारका लागि त्यहाँ जाँदा भित्रबाट कसैले प्रतिक्रिया दिएका थिएनन्। ढोका फुटाएर भित्र जाँदा ग्यास लिक भएको पाइएको थियो।
ग्याँसको तार जानाजान काटिएको देखिएको प्रहरीको भनाइ छ। साथै कोठाबाट हावा जान नदिन झ्याल र ढोकाको चेप–चेपमा कपडा राखिएको पनि पाइएको थियो।
प्रहरीले यो घटनामा मृत्यु भएको महिला बच्चाको आमाको हात भएको आशंका गरेका छन्। उक्त कोठामा चोरी भएको कुनै संकेत नदेखिएको पनि बताइएको छ।
मृतक महिलाको श्रीमान काममा बाहिर भएका बेला यस घटना भएको बताइएको छ। हाल प्रहरीले यस घटनाको बिस्तृत रुपमा अनुसन्धान गरिरहेको छ। एससीएमपी
प्रतिक्रिया