साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले हङकङ सरकारले कुनैपनि राजनीतिज्ञलाई पदबाट हटाउनसक्ने कानुन पारित गरेपछि चार सांसदलाई हङकङ सरकारले बुधबार अयोग्य ठहर गरेको थियो।
यस कानुनअनुसार पदबाट हटाइएका सांसदले अदालतमा समेत जान पाउने छैनन्। हङकङ चीनबाट अलग्याउन चाहने र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका संलग्न सांसदलाई अयोग्य ठहर गरिने कानुनमा बताइएको छ।
बुधबार सिभिक पार्टीका सांसद एल्भिन युङ एनगक–किउ, कोक का–की, डेनिस कोकका साथै प्रोफेस्नल्स गिल्डका सांसद केननथ लिउङ सांसद पदका लागि अयोग्य ठहर भएका हुन्।
हङकङ चीनबाट अलग्याउने कार्यमा लागेको र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका यी सांसदहश्र संलग्न भएका कारण उनीहरुलाई पदबाट हटाइएको बताइएको छ।
विपक्षी सांसदलाई अयोग्य ठहर गरेसँगै बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षी सांसदहरुले पदबाट सामूहिक राजीनामा दिएको एपीले जनाएको छ।
सांसद वु चि–वाई भन्छन्,‘केन्द्र सरकारको क्रुर चालका कारण हाम्रा साथीहरु अयोग्य ठहर भए त्यसैले हामीले आज राजिनामा दिँदै छौं।’
‘बेइजिङको कार्य हास्यास्पद छ। हङकङमा आजबाट एक देश दुई प्रणाली पनि समाप्त भएको छ’ उनले भने।
Shares
प्रतिक्रिया