यससँगै यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ५ हजार ४३१ पुगेको छ।
हालसम्म संक्रमितमध्ये १०८ को मृत्यु हुँदा ५१ सय ७० भने उपचारपछि स्वस्थ बनेका छन्।
यसबीचमा बिहीबार देखिएका संक्रमितमध्ये आठ संक्रमितमा कहाँ र कोबाट कोरोना संक्रमण भयो भन्नेबारे खुल्न नसकेपछि हङकङका पाँच विद्यालय अस्थायी रुपमा बन्द भएको छ।
कोरोना संक्रमितहरु विद्यालय, विवाह समारोह लगातका विभिन्न स्थानमा गएको बताइएको छ। यद्यपी उनीहरुमा चाँही कसरी कोरोना सर्यो भन्नेबारे केही पत्ता लागेको छैन।
सिङ यीस्थित लर्निङ ह्याबिटेट किन्डरगार्टेन, सा तिनस्थित कोक ताक सेङ क्याथोलिक सेकेन्डरी स्कुल, लि मुक सिउ क्याथोलिक प्राइमेरी स्कुल र क्रिस्टियन एलियन्स इन्टरनेसनल स्कुल बन्द गरएको बताइएको छ।
हाल ती संक्रमितहरुमा कसरी संक्रमण भयो भनेर कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास भइरहेको छ।
1.1k
Shares
प्रतिक्रिया