वानचाइमा कियानसँगै उनका सहयोगीमाथि शुक्रबार मध्यरातमा छुरा प्रहार भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङस्थित युनिभर्सल इन्टरनेसनल होल्डिंग्स लिमिटेडका निर्देशक ४३ वर्षका कियान र ४८ वर्षका उनका सहयोगी फाङलाई तीन अपरिचित नकाबधारी व्यक्तिले हार्बर रोडमा छुरा प्रहार गरेका थिए।
कारबाट निस्कना साथ उनीहरुमाथि आक्रमण भएको प्रहरीले बताएका छन्। आक्रमणबाट कियानको हात र खुट्टामा चोट लागेको छ। उनका सहयोगीको भने शिर र ढाँडमा चोट लागेको बताइएको छ।
आक्रमणको घटना पश्चात नै शुक्रबार राति १२ बजेर ३६ मिनेटमा कियानका ड्राइभरले प्रहरीलाई खबर गरेका थिए। लगत्तै उनीहरुलाई वानचाइको रोटनजी हस्पिटल भर्ना गरिएको थियो त्यसपछि हाल उनीहरु नेथरसोल इस्टर्न हस्पिटलमा उपचारत छन्।
उनीहरु सचेत अवस्थामै भएको बताइएको छ। प्रहरीले तीन आक्रमणकारीको खोजी कार्य जारी राखेको छ।
Shares
प्रतिक्रिया