अल्जाजिराका अनुसार ७३ वर्षका जिमी फलामे सिक्रीका कारण हिँड्नलाई कष्ट गरिरहेका थिए।
जिमी हङकङबाट प्रकाशित हुने चिनियाँ भाषाको टेब्लोइड पत्रिका एप्पल डेलीका संस्थापक हुन्, जो हङकङमा लोकतान्त्रिक आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।
हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो।
जिमीलाई फलामको सिक्रीले बाधेको तस्बिर सार्वजनिक भएपछि हङकङमा लोकतन्त्रका पक्षधरहरुले आजको दिनलाई ‘कालोदिन’को रुपमा मान्ने बताएका छन्।
— Maya Wang 王松莲 (@wang_maya) December 12, 2020Outrageous. #Hongkongers will never forget this: pic.twitter.com/Bxbgn04qoH
प्रतिक्रिया