हङकङमा ५९ नयाँ संक्रमित थपिए, ५३ स्थानियस्तरबाट संक्रमति बने

हङकङमा ५९ नयाँ संक्रमित थपिए, ५३ स्थानियस्तरबाट संक्रमति बने

नेपालखबर
पुस ११, २०७७ शनिबार १२:३६,

आज थपिएका संक्रमितमध्ये ५३ स्थानीय संक्रमितबाटै संक्रमित बनेका व्यक्तिहरु रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यससँगै हङकङमा कोरोना भाइरसका संक्रमतिको कुल संख्या ८ हजार ५४० पुगेको छ भने संक्रमितमध्ये १३६ को मृत्यु भइसकेको छ।

यस्तै ७ हजार ३ सय भने कोरोनामुक्त भइसकेका छन्।

यस्तै हङकङमा कन्ट्र्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु दैनिक बढ्न थालेपछि यहाँको कोरोना अवस्था भयावह हुने अनुमान गरिएको छ।

यसबीचमा कन्ट्याक्ट ट्रेसिङलाई सजिलो बनाउन हङकङमा ‘लिभ हो सेफ’ नामको एप सार्वजनिक गरिएको छ।

हालसम्म यसलाई ४ लाखले डाउनलोड गरिसकेका छन्। यस एपबाट को, कुनबेला कहाँ पुगेका थिए भनेर पत्ता लगाउन सकिने हुँदा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने अनुमान गरिएको छ।

Secretary for Innovation and Technology Alfred Sit. Photo: Dickson Leeहङकङका प्रविधि मन्त्री अल्फ्रेड सिट

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .