५० संक्रमित थपिँदा यहाँ एक जनाको कोरोनाको कारण मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ५०३ पुगेको छ।
यहाँ हालसम्म कोरोनाका कारण १६२ को मृत्यु भइसक्दा ८ हजार ७ सय २४ कोरोनामुक्त भएका छन्।
यसैबीच हङकङले फाइजर–बायोएनटेकको खोपलाई नै प्रयोग गर्ने भएको छ। हालै नर्वेमा फाइजरको खोप प्रयोग गरेपछि २३ वृद्धवृद्धाको मृत्युको खबरहरु आएका थिए।
यद्यपी हङकङले यस खोपलाई रोक्ने कुनै निर्णय गरेको छैन। हङकङका अधिकारीहरुले यस खोप जवान व्यक्तिहरुमा लगाइने बताएको छ।
3
Shares
प्रतिक्रिया