त्युन मुनस्थित लुङ मुन रोडको एउटा निजी आवसीय भवनको १६ औं तलामा आगलागी भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सोमबार बिहानै साढे ५ बजे आगलागी भएको थियो। बिग्रिएको फ्रिज चलाउँदा आगलागी भएको प्रहरीले बताएका छन्।
आगलागी भएको भवनबाट झन्डै सय जना मानिसहरुलाई उद्धार गरिएको बताइएको छ। अग्नी नियन्त्रक घटनास्थलमा पुग्दा त्यहाँ एक ३२ वर्षका व्यक्ति अचेत अवस्थामा फेला परेका थिए।
हाल त्युन मुन अस्पतालमा उपचाररत उनको होस खुलिसकेको छ। सास फेर्दा धुवाँ अत्यधिक रुपमा उनको शरीरमा प्रवेश गरेको बताइएको छ।
फ्रिजका कारण विद्युत सट भएको बताइएको छ।
प्रतिक्रिया