दिउँसो १ बजेर १२ मिनेट जाँदा ट्युन मुन क्यासल पिक रोडको ह्युङ सुइ कुई सेक्सनको चुङ युक स्युन स्टेसन नजिकै ट्रक र रेल एक आपसमा ठोक्किएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यस दुर्घटनामा परी २२ जना घाइते भएको प्रहरीले बताएका छन्। १६ महिला र ६ पुरुष घाइते छन्।
यी सबै घाइतेहरु लाइट रेलमा सवार रहेका यात्रुहरु हुन्। हाल उनीहरु सबैको त्युन मुन अस्पताल र तिन सुई वाई अस्पतालमा उपचार भइरहेको छ।
त्यहाँको यातायात विभागका अनुसार यस दुर्घटनासँगै लाइट रेलका रुटहरु एनओएस ६१०, ६१४, ६१५ र ७५१ परिवर्तन गरिएका छन्।
यस घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रतिक्रिया