लि वान–क्युङ नाम गरेका व्यक्ति गत डिसेम्बर १८ मा क्विन इलिजावेथ अस्पतालबाट फरार भएका थिए।
साउथ चाइना मर्निङ पोस्टका अनुसार उनलाई हालै पक्राउ गरेर चार महिनाको जेल सजाय तोकिएको हो।
काउलुन सिटी कोर्टले उनलाई सुरुवातमा ६ महिनाको जेल सजाय तोकेको थियो।
उनले अदालतमा आफूलाई कोरोनाविरुद्धको खोप लगाइने डर भएपछि अस्पतालबाट भागेको बयान दिएका थिए।
पछि उनको सजाय चार महिनामा झारिएको हो। अदालतले लि वान–क्युङको अस्पतालबाट भाग्ने कार्यलाई स्वार्थी कार्य भनेको छ।
उनको उक्त कार्यले धेरै मानिसको स्वास्थ्यमा जोखिम उत्पन्न भएको बताइएको छ। एससीएमपी
प्रतिक्रिया