उत्तरी हङकङमा रहेका फार्मका सबै ३ हजार सुँगुर मारिने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
युन लङको वोङ नाइ तुनबाट ६ वटा सुँगुरमा नमुना संकलन गरिएको थियो। सो क्रममा हङकङको सुँगुरमा स्वाइन फ्लू देखिएको थियो।
त्यस लगत्तै हङकङमा फेब्रुअरी ४ यता ८ सयभन्दा बढी सुँगुर मारिएको छ।
हङकङका स्वास्थ्य विज्ञहरुले अफ्रिकी स्वाइन फ्लूको खतरा मध्यनजर गर्दै ३ हजार सुँगुर एकैपटक मार्न सुझाव दिएका हुन्।
यहाँको कृषि, माछा पालन र संरक्षण विभागले ३ हजार सुँगुरलाई क्रमैसँग मारिने जानकारी दिएको छ।
कोरोना भाइरसको प्रकोप समाप्त नभएकै समयमा हङकङमा स्वाइन फ्लूको खतरा देखिएको हो।
प्रतिक्रिया