हङकङ प्रदर्शनः विमानस्थल पुग्ने रेल सेवा ठप्प, उडान अवरुद्ध हुने आशंका

हङकङ प्रदर्शनः विमानस्थल पुग्ने रेल सेवा ठप्प, उडान अवरुद्ध हुने आशंका

नेपालखबर
भदौ १५, २०७६ आइतबार ६:४६,

हङकङमा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रेल सेवाहरु स्थगित गरिएका छन्।

सरकार विरोधी प्रदर्शनकारीले विमानस्थलसम्म पुग्ने रेल सेवा तथा अन्य सवारीको आवत्– जावतमा अवरोध गर्ने योजना बनाएपछि त्यहाँका अधिकारीहरुले रेल सेवालाई स्थगित गरेका हुन्।

शनिबार प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि हानिकारक ब्लु डाइ फोहरा प्रयोग गरेका थिए, अश्रु ग्याँस प्रहार गरेका थिए। प्रदर्शनकारीले भने इटा र पेट्रोल बमले आक्रमण गरेका थिए।

airportHK6

झडपको भोलिपल्ट आइतबार अपरान्ह प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरु अवरुद्ध गराउने उद्देश्यका साथ विमानस्थल पुग्ने सबै सवारीका बाटो अवरोध गर्ने योजना बनाएका थिए।

प्रदर्शनकारीले विमानस्थलमा पुग्ने सवारीको बाटो आइतबारदेखि सोमबारसम्म अवरोध गर्ने योजना बनाएको एससीएमपीले उल्लेख गरेको छ।

विमानस्थलका उडानहरु अवरुद्ध हुँदा हङकङलाई आर्थिक रुपमा ठूलो क्षति भइसकेको छ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलसँगै अन्य दुई प्रदर्शनकारीको समूहले उत्तरी शहर टिन सुई वाइ तथा अर्को एड्मीरालिटीस्थित वेलायती वाणिज्य दूतावासमा पनि प्रदर्शन गर्नेछन्।

उक्त प्रदर्शन भने वेलायती नागरिक जसले विदेशी भिजा पनि लिएका छन्, ती मानिसहरुलाई वेलायतमा बस्न पाउने हक प्रदान गर्नका लागि हुने जनाइएको छ।

airportHK

airportHK3

AirportHK4

AirportHK5

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .